Monday, October 20, 2025

हरेली पर्ब – भूमि पुजाको एक पृथक दृश्य

सीमा गाउँको वस्ती ईतिहास

परापूर्व कालमा मानव वस्ति आफ्नो मानव अस्थित्व वचाउन पानि जंगल पारिलो र उव्जीलो वस्ती खोज्दै हिड्ने क्रममा  माथी अग्लो लेक र तल वस्तीलो ठाउँ सीमको छेउमा वस्छन् । त्यही वस्ती वस्दा एक राहुल मगर राजा पनि त्यही  तल्लो टाकुरीमा वस्छन्, केही समय पछि आफ्नो दलवलको  साथ भुईचाले भन्ने ठाउँमा दरवार वनाएर वस्छन् ।  मैकोईवाट आएका राँगु पोन, कारीवाट आएका रामजाली रोका र अन्य ठाउँवाट आएका दलित वस्ती वसेको हुन्छ ।

राँगु पोनको वाहुल्यता भएको यस ठाउँमा मगर राजालाई भुरे राजाहरु आएर वंश नाश गरिदिन्छन् । त्यही मगर राजा थानी भएर प्रेतको रुपमा मानवलाई लागेको वा असर गरेको पाईन्छ ।  एक रोका मगर कम्फू रम्मा झाँक्रीको उत्पत्ती संगै खेतको मुनीको छहरामा वलप हुन्छ । केही समय वसोवास गरेको यस ठाउँमा गर्मी र उव्जनी हुने भएकोले माथी भूईचाले लेकको मुनी आफ्नो वस्ती विस्तार गर्छन् । सीमवाट आफ्नो वस्ती सार्नुको कारण एउटा गर्मीका कारण औलो लाग्ने र अर्को उव्जनी हुने भएकोले खेती गर्न उचीत थानेर आफ्नो वसाई सार्छन् । सीमको छेउमा रहेर आफ्नो वस्ती विस्तार गरेको कारण सीमवाट सीमा गाउँ नामाकरण भएको भन्नुहुन्छ सीमाका जान्कारहरु ।

हरेली पर्व मान्नुको कारण

सीमा गाउँ तल समतल एक भुभाग छ जहाँ सीमावासी माथिल्लो स्थानमा वसाई सराई पछि खेत वनाइयो । खेतमा विउ जमाउन जेठको पहिलो हप्ता उपयुक्त मानिन्थ्यो भने असारको पहिलो हप्ता खेत रोपी सक्नुपर्दथ्यो । कुनै एक समय आयो असार श्रावण महिनामा खेत रोप्ने जति पानि परेन । भैरम खोलावाट लिएको पानिले धौ धौ खेतको विउ जमाउनलाई ठिक्क पुग्यो । खेत लगाउनलाई पानि प्रशस्त भएन । सामान्य परेको पानिले खेतको वरपर भू भाग हरीयो हुँदा खेत भने खाली भयो ।

विभिन्न आजापुजाको साथ भूमी देवतासंग पानि मागे । यसरी पानि मागे पछि श्रावणको पहिलो हप्तामा पानि पर्छ । श्रावणको ५/६ गते भित्र खेत रोपाई सकिएपछि श्रावणको १५/१६ गते खेत हरियाली वन्छ । यसरी खेत हरीयाली वनेपछि गाउँको मुखिया र वुद्धिजीवि जम्मा भएर भूमी देवता मान्ने सल्लाहका साथ श्रावण महिनाको १५-२२ गते जुन दिन आईतवार पर्छ त्यही दिन हरीयाली पर्व भूमे पुजा गरि मनाउने निधो गरि आजापुजाका साथ यो पर्व कालान्तर देखी मान्दै आएको मानिन्छ ।

१५ गते देखी २२ गते सम्म आईतवार आउने शुरु हुँदाको पहिलो दिन अथवा शनिवार पुजा गर्नलाई रोटी नानावाना तयार वनाउछन् । गाउँको प्रत्यक घरमा तयारी हुन्छ । गाउँको पन्च घरमा भने जम्मा भएर रमाईलो गर्दै रोटी र नाना वाना वनाउछन् । नानावाना भन्नाले धनुषवाण, मटेङग्रा, ढ्याङ्ग्रो, गजा,  सर्प, विछी,  मुसा , विरालो आदी वनाउछन् । पुजा गर्नु पहिलो दिन प्रत्यक खेतमा भोकर गाड्ने चलन छ जुन मिहेल रुखको हुन्छ । भोकर अथवा थारम गाड्नुको कारण भोली पल्ट हुने पुजामा थानी थर्की र भूत प्रेतले असर नगर्नु र वालीनाली राम्रो होस भन्नु नै हो । भोकरमा भुजु चारे ढुङ्गा र कालो धजाका साथै जुली धजा राख्ने चलन छ । अन्य ठाउँमा भोकरलाई थारम भनेको पनि पाईन्छ । शनिवारको दिन प्रत्यक वीच खेतमा भोकरले खेत सजाएको हुन्छ ।

आईतवारको दिन विहानै सवैको घरवाट पुरुषले कुखुरा, लिङजा, धुप धजा लिएर खेततिर निस्कन्छन् भने घरका महिला रोटी रक्सी लिएर निस्कन्छन् । आजापुजा गर्ने वेलामा एक छेउमा दमाहा वजेको ह्न्छ । आजा पुजा सकेपछि सवै गाउँका एकै ठाउँमा जम्मा भएर आ-आफ्ना रोटी रक्सी मिसाएर वाँडी चुडी खान्छन् । वुढापाकाले पुराना ऐतिहासिकतावारे कुरा गर्छन् ।

केही समय पछि भूमी देवता संग वर माग्ने चलन छ । कसैले आफैले गाउँका पुजारी वा वुद्धिजीवि कहाँ वर माग्छन् भने कसैलाई माग्न लगाईन्छ । उतातिर गाजावाजा वजेको हुन्छ । वर माग्दा साथ वर दिने व्यक्तिले  फुल पाति लगाएर आफुले सोचेको पुगोस भनि आशिर्वाद दिन्छन् ।माग्नेलाई वोकेर घर सम्म ल्याउछन् । यसरी कसैले आफ्नो कोलखवाट छोरा छैनन् भने छोरा वर माग्ने र सन्तानै छैनन् भने सन्तानको वर माग्ने चलन छ यसरी वर मागेपछि पुरा हने कुरा पनि वताउनु हुन्छ वुढापाकाहरु ।

गाउँमा पुगेपछि खानपान गरेर घरवाट आफ्नो मौलिक पोषाकमा सु-सज्जित युवा युवति वुढा वुढी सवै नाच्नलाई निस्कन्छन् । यसरी हरियाली पुजाको उपलक्षमा ३ दिन सम्म नचारु, पैशरु, खन्जना, फाँक नाच्ने प्रचलन छ ।

Recent Blog

Related Articles