Monday, October 20, 2025

भूमे पर्व – यसको इतिहास र मनाउने प्रकृया

भूमे नाच शुरुवाटको ऐतिहासिकता

परापुर्व कालमा एक मगर वाहुल्यता भएको गाउँमा अल्पसंख्यक रुममा भाँडाकुँदा वनाउनलाई सिर्पाली वि.क.  र  कपडा सिलाउने र गाजावाजा वजाउने दमाईको को मिसावट थियो । खोलाको केही माथि गाउँवाट पानी लिन ठुला ठुला पहरहरु काटेर जान पर्दथ्यो । खोलमा पानि भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराईरहेका हुन्थे । यसरी पानि भर्न जाने मान्छे हराउदै जाँदा गाउँ नै भाववेहुल भयो । यसरी गाउँ नै शोकमा दुवेपछि गाउँका मुखियाले गाउँ भेला वोलाई मान्छे हराएको पत्ता लगाउन गाउँका सवै जनालाई खताइन्छ । ५/६ जनाको टोली वनाएर पानी भर्न लगाउदा फर्कने क्रममा पछिल्लो पानि भरुवालाई पहरको मुनीवाट निस्केको सर्पले खाएको देख्छन् । यसरी सर्पले खाएको थाहा पाएपछी गाउँमा भेला भइ कसरी सर्पलाई ठिक वनाउन सकिन्छ भन्दा सिर्पाली वि.क. ले म त्यो सर्पलाई आफ्नो कावुमा ल्याउन सक्छु भनेपछि सिर्पाली वि.क. एक धार्नीको सनासो वनाएर पानी भर्न मान्छे पठाईन्छ र सर्प खान निस्केको वेला सनासोले सर्पको घाँटीमा अठ्याउछ र सिर्पालीले सोध्छ त को होस तैले किन मानव क्षती वनाईरहेको भन्दा सर्पले सिर्पालिलाई आग्रह गर्छ मलाई नमार मनुखे, म भूमी देवाता जेठको मसान्तको दिन दुध मात्र खाएर  असार १ गते मलाई एक हाँसे भेडा लिएर पुजा गर्नु मैले मानव क्षती पानि गर्दिन र वाढी पहिरो  पनि रोक्छु भनेपछि त्यही वर्षवाट पुजा गर्दा साथ कुनै मानविय क्षति भएन र दाहा पहिरो गएन । त्यसैले भूमी देवतामाथी विजय प्राप्त गरेको उपल्क्षमा भूमे पुजा, भूमे नाच शुरु भएको इतिहास वताउनु हुन्छ जान्कारहरु ।

 

ठाउँ अनुसार भूमे पर्वको नामाकरण

रोल्पा थवाङमा नामक, क्याङसी, महतमा झ्यामकरी र भलक, काँक्री, लुकुम तिर नोगोवाङे र भूमे । तकसेरातिर भुल्कु ।

भूमेको औपचारीक फुकुवा

भूमेको औपचारीक फुकुवा गाउँ अनुसार फरक हुने भएकोले एक रुपता भने छैन तर जस्ले जति गते भूमे पर्व फुकाएपनि जेठ महिनामै फुकाउछन् । कुनै गाउँमा जेठको १ गते कुनै गाउँमा जेठ १५ गते भने कुनै गाउमा पुन्नीको दिनमा फुकाउछन् । भूमे पर्व फुकाउदा गाउँका मुखिया प्रधान पञ्च कहाँ गएर जुलि धजा धार्नी रक्सीले ढोग गरि अनुमति मागे पश्चात दमाई कहाँ गएर गाजावाजा फुकाउने चलन छ ।

फुल टिप्न जाने

भूमे नाच फुकाउनु अगाडी युवायुवतिको एक भूमे नाच समुह वन्छ जस्को नाम ठाउँ अनुसार फरक हुन्छ । कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी,रक्सी लिएर दिउसो ४/५ वजेतिर लेक चढ्छन् । नाच्दै गाउँदे लेक चढेको समुहले डाँडा काँडा भरीभराउ वनाएको हुन्छ । लाग्छकी डाँडाको युवायुवतिको लस्कर मौसम अनुसार वसाईसर्ने मालचरिको समूह झै । नाच्दै उकाली काटेपछि ४/५ घण्टामा लेकको नजिक पुग्छन् र त्यही वास वसी रातभरी भूमे नाच झामरे गीत गाएर विहानको ३ वजाउछन्  । ३ वजेतिर पुजारी उठेर लेकमा पुजा गर्न गए पश्चात वल्ल फुल टिप्न जाने समुह उकाली चढ्छन् । पुजा गर्नको अर्थ फुल टिप्न जाने समुहले जान वा अन्जाले जुठो पिटो भएमा माफी दिनु, फुल टिप्न आउने समुहलाई भिरवाट जोगाईदिनु,ढुंगावाट जोगाईदिनु, वुकी लाग्नवाट जोगाईदीनु भनेर पन्थ्यौली र लेकका शिद्ध देवतालाई पुकारे पछि फुल टिप्न जाने समुह भिर पाखामा छरिएर फुल टिप्न लाग्छन् । फुल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ-आफ्नो पन्थ्यौली घुमाई नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो वनाई घरतिर वाटो लाग्छन् ।

नाच्दै आउने क्रममा एक जलाकी भेटीन्छ त्यहाँ एक मुर्ला गाडेर नयाँ फुल टिप्न गएको व्यक्तीलाई उक्त जलाकी वोकेर घुमाउछन् ।  वुढापाकाका अनुसार वोकेर घुमाएपछि वोकी माग्नेलाई शुभ हुन्छ भनेर एक दुई पैशा पन्थ्यौली अथवा जलाकीमा चढाउछन् । केहि तल आएपछि युवतिहरु वुकीवाट टिपेर लिएको केही फुललाई माला वनाएर पुरुषको समुहलाई लगाइदिन्छन् । गाउँको नजिक आउँदा फुल माग्नेहरुको लस्कर हुन्छ । उनीहरु रक्सी, रोटीलिएर भोकाएर आएका  फुल टिप्न जाने समुहलाई स्वागत गर्छन् । वुकीवाट फुल टिपेर आउने समुहले फुल माग्नेलाई फुल दिएर सम्मान गर्छन भने फुल शिरमा समेत लगाईलिन्छन् । थर्किमा पुगेपछि सवैलाई शिरमा फुल लगाएर सम्मान गर्छन् । केही चाला नाचे पश्चात फेरी गाउँ घुमेर नाची थर्कीमा आई त्यस दिन अन्त्य गर्छन् ।

असारको १ गते भूमे नाच्ने समूह थर्कीमा आएर नाच्दै गर्दा गाउँको जजिक थानमा पुजा शुरु हुन्छ र सवै भूमे नाच्ने समूह नाचो वन्द गरेर पुजा ठाउँमा जान्छन् । जव सिर्पाली वि.क. ले साँधे मन्छाउछ मान्दा वित्तिकै पाती,फुलले हान्छन् र साँधे गाउँको वाटो हुँदै लैजाने क्रममा गाउका धुईसो, कुलपुजा वेला ढोकामा लगाएको टिका, आफ्नो पितृलाई चढाएको मकै, नाङलोभरी वनाएर तयारी अवस्थामा वसेका गृहिनीहरुले वलि दिन लागेको साँधेलाई हान्छन् । जस्को अर्थ घरको कालकष्ट रुघामुघा सन्चो होस भन्छन् । यसरी वलि दिने ठाउँमा लखेत्दै पुगाउछन् र वलि दिन्छन् । कुनै गाउँमा वोके कुनै गाउँमा सुंगुर कुनै गाउँमा भाले वलि दिन्छन् भूमी देवतालाई । कुनै गाउँमा जेठ मसान्त र कुनै गाउँमा असार एक गते वलि दिने चलन छ । यसरी लगातार एक हप्ता सम्म भूमे नाच नाचीन्छ ।

Recent Blog

Related Articles